काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामा १ हजार २०० रुपैयाँले बढेर सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले १ हजार ९६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

















