IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बैदेशि रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनकिो आइपीओ नतिजा दुई तरिकाबाट हेर्न सकिनेछ । जस अनुसार एनआइएमबि एस क्यापिटल https://result.niblcapital.com/#/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.npबाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । क्यापिटलका अनुसार यस आइपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जनाको आवेदन योग्य छ ।

Crest

क्यापिटलका अनुसार न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोजिम शेयर पाएका छन् । त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुले ४० कित्ताका दरले शेयर पाएका छन् ।

त्यसैगरी ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ जनालाई गोलाप्रथामा समावेश गराई १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्ताका दरले शेयर पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS