IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सले गरायो आफ्ना कर्मचारीहरुको कोरोना बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रु. १ लाखको बीमालेख प्रदान गरेको छ ।

Crest

अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि FonePay मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS