IME Life New

सिटिजन लाइफका सिइओ पौडेलको वार्षिक तलब सुविधा ८८ लाख ४ हजार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको वार्षिक तलब सुविधा ८८ लाख ४ हजार रुपैयाँ रहेको छ । पौडेलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब तथा भत्ता बापत ७३ लाख ३४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उनले कार्यसम्पादनमा आधारित पारिश्रमिक अन्तर्गत कर्मचारी बोसन बापत १४ लाख ५१ हजार रुपैयाँ बुझेका छन् । कम्पनीले उनको दुर्घटना बीमा बापत १० हजार ५०० रुपैयाँ र परिवारका सदश्यहरुको सहित स्वास्थ्य बीमाको लागि ७ हजार ५०० रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिएको छ ।

Crest

कम्पनीका सञ्चालकहरुले यस आर्थिक वर्षमा बैठक भत्ता बापत ४ लाख ५६ हजार रुपैयाँ प्राप्त गरेका छन् । उच्च व्यवस्थापन तहका कर्मचारीहरुले ५ करोड ४८ लाख रुपैयाँ बुझेका छन् । यस आर्थिक वर्षमा लेखापरीक्षण पश्चात कम्पनीको मुनाफा ३० करोड रुपैयाँ रहेको छ । कम्पनीले यहि माघ १५ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणभाले प्रिमियममा आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS