IME Life New

सिटिजन्स म्युचुअल फन्डका ३ योजनाको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३० का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

Esewa
Crest

यी तीनवटै योजनाको लाभांश वितरणार्थ आउँदो असोज २३ गते बुक क्लोज गर्ने निर्णय सिटिजन्स क्यापिटलले गरेको छ। यसको अर्थ असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी तीन योजनाको लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS