IME Life New

सिइओ बन्ने गरी प्राइम लाइफको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त  

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले उनलाई आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो ।

दहाल बिगत २० बर्ष भन्दा बढी बैक तथा वित्तिय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गर्दै आइरहेका छन् । कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल सकिदैछ । उनि बाहिरिए सँगै कम्पनीले दाहाललाई सिइओ बनाउने तयारी गरेको छ ।

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा थियो । मजबुत सुरुआतसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बीमा कम्पनीको परिचय बनाएको छ । कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बिमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS