IME Life New

सामूहिक बीमा कोषमाथि पूर्ण नियन्त्रण गर्ने बीमा समितिको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमा कम्पनीहरुले पूनर्बीमा सम्झौता सम्भव नहुने जोखिम बहनका लागी स्थापना गर्ने सामूहिक बीमाकोष बीमा समितिले पूर्णरुपमा आफ्नो नियन्त्रणमा ल्याउने तयारी शुरु गरेको छ । समितिले यसअघि बीमकहरुको अनुरोधमा सामूहिक बीमा कोष वा बीमा पुल स्थापनाको स्वीकृति दिने प्रावधान रहेकोमा पूनर्बीमा सम्बन्धि निर्देशिका २०७८ को पहिलो संशोधनमा समिति स्वयम्ले पनि सामूहिक बीमाकोष स्थापना गर्न वा गराउन सक्ने प्रावधान थप गरिएको छ ।

Esewa
Crest

यसबाहेक सामूहिक बीमाकोष सम्बन्धी अन्य व्यवस्था समितिले तोके बमोजिम हुनेछ भन्ने प्रावधान उल्लेख गरेर समितिले सामूहिक बीमाकोषको संचालन, व्यवस्थापन, अनुगमन, वितरण सम्बन्धमा असीमित अधिकार सुरक्षित गर्ने प्रयास गरेको छ । समितिले बीमा कम्पनीहरुको कोषमा वर्षौदेखि थन्किएको दाबी भुक्तानी गर्न बाँकी रहेको रकमलाई सामूहिक बीमाकोषमार्फत तान्ने र आफ्नो नियन्त्रणमा लिने आन्तरिक तयारी गरेको हो । बीमा समितिको नेतृत्वले केही समय अघि नै बीमित कल्याणकारी कोषको अवधारणा अघि सार्दै बीमा कम्पनीले दाबी भुक्तानी दिन बाँकी रहेका वर्षौ पुराना दाबीवापतको रकम कोषमा जम्मा गर्ने तयारी भइरहेको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS