IME Life New

साना किसान लघुवित्तको नाफामा सामान्य सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८ दशमलव ९० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ । कम्पनीको जगेडा कोष १२ दशमलव २७ प्रतिशत बढेको छ। लघुवित्तको सापटी २५ दशमलव ७५ प्रतिशत र कर्जा २३ दशमलव ०३ प्रतिशत बढेको छ।

Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ दशमलव ४८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ४६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८ दशमलव ५८ प्रतिशत बढेको छ।

यस अवधिमा लघुवित्तको यस्तो प्रति शेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ४२ रुपैयाँ ८३ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS