IME Life New

साना किसान विकास बैंकको अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख खुद नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, फागुन २७। साना किसान विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४÷७५को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख खुद मुनाफा गरेको छ ।

यो नाफा चालु आर्थिक वर्षको प्रेक्षेपित नाफाको ५० प्रतिशत बढि हो । आर्थिक वर्ष २०७४÷०७५ को पौष मसान्तसम्म बैंकको कुल सम्पत्ति १७ अर्व २५ करोड पुगेको छ । बैंकका १७ औं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित प्रेश विज्ञप्तीमा उक्त कारोवार उल्लेख गरिएको छ ।

Esewa
Crest

गत वर्षको सोही अवधिको तुलनामा यो ३० प्रतिशतले वढि हो । बैंकले आफुसंग आवद्ध संंस्थाहरुलाई सुरुवातदेखि २०७४ पौषसम्म ५९ अर्व ७७ करोड लगानी गरि ४४ अर्व १८ करोड असुली गरेको बैंकले जनाएको छ ।

२०७४ पौष मसान्तसम्म बैंकको लागनीमा रहको ऋण १५ अर्व ५९ करोड रुपैया पुगको छ । साही पौष मसान्तमा बैंकले लगानी गरेको कर्जा मध्ये भाकानाघेको कर्जा रकम १ प्रतिशतभन्दा कम रहेको र कर्जा असुलीदर ९९.७६ प्रतिशत रहेको बैकका प्रमुख कार्यकारी अधिकृत डाक्टर शिवरामप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS