IME Life New

सरकारले बजेटमा व्यवस्था गरे अनुरुप दुई बर्षमा बीमा कम्पनीहरुले दश प्रतिशत लघुबीमा गर्लान…

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटले बीमा क्षेत्रलाई प्रथमिकता दिएको छ । मन्त्री खतिवडाले बजेट विवरण प्रस्तुत गर्दै कृषि तथा स्वास्थ्य बीमा निरन्तरता दिदै लघुबीमा, जेष्ठ नागरिक, पत्रकार र कर्मचारी बीमालाई समेट्दै प्राथमिकता दिएका छन् ।

चालु आर्थिक वर्ष २०७४/७५ को बजेटमा समेत लघुबीमा प्रथमिकता दिदै सबै बीमा कम्पनीहरुले कूल बीमा रकमको पाँच प्रतिशत लघुबीमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । लघुबिमा निर्दे्शिका २०७१ ले लघुबीमा भन्नाले बीमाङ्क रकम ३५ हजार रुपैयाँ देखि अधिकतम २ लाख रुपैयाँसम्मको बीमालाई परिभाषित गरेको छ। सो अनुरुप लघुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्देशन दिइसकेको थियो, तर करिब एक वर्षको अबधिमा बिमा कम्पनीहरुले बजेटमा व्यवस्था गरे अनुरुप प्रगती गर्न नसकेको स्वयं बिमा कम्पनीहरुले स्वीकार गर्ने गरेका छन्।

Esewa
Crest

सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटमा दुई बर्ष भित्र सबै बीमा कम्पनीहरुले कूल बीमा रकमको दश प्रतिशत लघुबीमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ, अहिलेको अवस्था हेर्दा बिगतको निर्देशन पाँच प्रतिशत व्यवस्था कार्यान्वयनमा समस्या देखिदै गर्दा दश प्रतिशत लघुबीमा कार्यान्वयन सम्भब हुन्छ कि हुदैन भन्ने प्रश्न उठेको बिमा सम्बद्ध जानकारहरुले बताउने गरेका छन् ।

लघुबीमाको माध्यमबाट न्यून आय भएका सर्बसाधारणसम्म जीवन बीमाको पहुँच पुर्‍याई उनीहरुको साना साना बचतको महत्व उजागर गरि आम जनतालाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले लघुबीमाको रूपमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न किसिमका बिमा योजना सर्वसाधारण समक्ष प्रस्तुत गरेका छन्, तर बिमाको चेतनाको अभाब तथा जानकारीको कमिले सर्वसाधारणले फाइदा लिन नसकेको देखिन्छ।

लघुबिमा निर्दे्शिका २०७१ अनुसार एक सय ५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ५ सय रुपैयाँमा गार्हस्थ्य लघुबीमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाखसम्म हुनेछ । यस योजनाले बिमितको सम्पत्तिको जोखिम बहन गर्छ । स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १ हजार ४ सय रुपैयाँ छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत्त एक परिवारका ५ जना सदस्यले ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन् ।

लघुबिमा गर्दा बिमितलाई सस्तो बिमा शुल्क (प्रिमियम) तिरे पुग्छ , तसर्थ सरकारले आम-सर्बसाधारणलाई बिमा गर्ने बानीको बिकाश गर्न लघुबिमामा जोड दिदैआएको छ। बिमा योजना लिनको लागि स्वास्थ्य परिक्षणको आवश्यकता नपर्ने, लगानीको भरपर्दो माध्यम, झण्झट रहित प्रक्रियत तथा सजिलै दावी भुक्तानी हुने, बीमा शुल्क भुक्तानी गर्ने मोहलत अवधि ६० दिन रहने लगायत अन्य सुबिधा हुने हुदा लघुबिमा सर्बसाधारणको लागि आकर्षक तथा बहुउपयोगी देखीन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS