IME Life New

सम्पत्ति बीमामा अनुसाङ्गिक बीमाको बीमाशुल्क दर परिमार्जन, अब कति तिर्नुपर्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमाअन्तर्गत अनुसाङ्गिक बीमाको बीमाशुल्क दर परिमार्जन गरेको छ। प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० को पहिलो संशोधन जारी गर्दै अनुसाङ्गिक बीमाको बीमाशुल्क दर परिमार्जन गरेको हो।

प्राधिकरणले भदौ २ गतेको मिति उल्लेख गरेर सार्वजनिक गरेको संशोधनमा अनुसाङ्गिक बीमालेखका लागि हुलदंगा, आतंकवाद र द्वेषपूर्ण कार्यको क्षतिविरुद्धको बीमाशुल्क हटाइएको छ। स्वतन्त्र ऊर्जा उत्पादक र निर्जीवन बीमकको सहमतिका आधारमा प्राधिकरणले यस्तो बीमाबापत बेग्लै बीमाशुल्क दर नतोकेर अनुसाङ्गिक बीमाको बीमाशुल्कमै समायोजन गरिदिएको हो।

Crest

यसअघि हुलदंगा, आतंकवाद र द्वेषपूर्ण कार्यको क्षतिविरुद्ध बीमितले प्रतिहजार ३० पैसादेखि ५० पैसासम्म अतिरिक्त बीमाशुल्क भुक्तानी गर्नुपर्थ्यो।

संशोधित निर्देशिकामा आधारभूत बीमाशुल्क दरका आधारमा ३ महिने अवधिका लागि १२५, ३ महिनाका लागि २०० प्रतिशत, ९ महिनाका लागि २५० प्रतिशत र १२ महिनाका लागि ३०० प्रतिशतसम्म बीमाशुल्क तोक्ने व्यवस्था भने कायमै राखिएको छ। यस्तो बीमाशुल्क रकम आधारभूत बीमाशुल्क दरका आधारमा गणना गरिनेछ।

जलविद्युत उत्पादकहरुले बीमाशुल्क दर महँगो भएको भन्दै बीमा नै बहिष्कार गरेपछि प्राधिकरणले बीमाशुल्क दर परिमार्जन गरेको हो।

अंग्रेजीमा कन्सिक्वेन्सियल लस भनिने अनुसाङ्गिक बीमामा बीमा गरिएको सम्पत्तिमा हुने नोक्सानीका कारण प्रत्यक्ष रुपमा पर्ने अन्य परिणाम वा क्षतिबापत बीमकले क्षतिपूर्ति प्रदान गर्छ। उदाहरणका लागि सञ्चालनमा रहेको जलविद्युत गृहमा बाढीपहिरोका कारण क्षति भएर विद्युत उत्पादन अवरुद्ध हुन पुग्यो भने जलविद्युत गृहको पूर्वाधारमा भएको क्षतिको मात्र नभएर विद्युत उत्पादन अवरुद्ध हुँदाको घाटासमेत बीमकले क्षतिपूर्ति दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS