IME Life New

समयमा लेखापरीक्षण नगर्ने ११ बीमा कम्पनी कारबाहीमा, प्रत्येकलाई १० हजार रुपैयाँ जरिवाना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । समितिले प्रत्येक कम्पनीलाई जनही १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको छ ।

समितिले दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेनस, गुराँस लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो ।

Crest

उनिहरु मध्ये राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले धेरै वर्षदेखि लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेका छैनन् । समितिले कानुनमा कारबाही गर्न सक्ने व्यवस्था हुँदा हुँदै यस भन्दा अगाडी यसरी कारबाही गर्ने गरेको थिएन् । समितिले धेरै पटक कम्पनीहरुलाई समयमा लेखापरीक्षण गर्न निर्देशन दिदा पनि नमाने पछि बाध्य भएर यस्तो कारबाही गरेको हो ।

समितिले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

बीमा ऐन २०४९ को दफा २५ बमोजिम कम्पनीहरुले आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण गराई सोको प्रतिवेदन प्रत्येक  आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नु पर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी जानी उल्लङ्घन गरेकोले उनिहरुलाई बीमा ऐन २०४९ को दफा २६ को उपदफा एक बमोजिम जरिवाना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS