IME Life New

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम २२ देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको बैंशाख ३१ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सनलाइफ सावधिक जीवन बीमालेख
कम्पनीले न्युनतम प्रतिहजार २२ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ८ हजार ७ सय ३७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४३ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

Crest

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)को हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति शजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ सय ८१ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४३ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १० हजार ८४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४३ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)
नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २ हजार ९ सय ९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४३ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

सार्थक आजीवन जीवन बीमालेख(१५ वर्षे अग्रिम भुक्तानी तथा आजीवन)
सार्थक आजीवन जीवन बीमालेख(१५ वर्षे अग्रिम भुक्तानी तथा आजीवन) को हकमा कम्पनीले सबै बीमा अवधि (१५) मा प्रति हजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) यस बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २२ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ३२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS