IME Life New

सञ्चालनमा आएको तीन वर्षमा लघु बीमकले कमाए कति, गुमाए कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन र निर्जीवन बीमा कम्पनीले पछिल्लो तीन वर्षको अवधिमा २ अर्ब ५ करोड १४ लाख रूपैयाँ संकलन गर्दा ४४ करोड ५७ लाख रूपैयाँ दाबी भुक्तानी गरेका छन्।

निर्जीवन बीमकले आ.व. २०७९/८० देखि २०८१/८२ सम्ममा १७ करोड ७० लाख रूपैयाँ दाबी भुक्तानी गरेका छन् । यसैगरी जीवन बीमकले आ.व. २०७७/७८ को असारदेखि यो अवधिमा कुल २६ करोड ८७ लाख रूपैयाँ दाबी भुक्तानी गरे ।

Crest

लघु जीवन बीमकको बीमाशुल्क आम्दानीः

नेपाल बीमा प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार, आ.व. २०७७/७८ को अन्तिम महिनाबाट व्यवसाय सुरु गरेका लघु जीवन बीमकले आ.व. २०७७/७८(असार मात्र) यता चार वर्षको अवधिमा कुल १ अर्ब १ करोड ३४ लाख रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेका छन् ।

पहिलो वर्ष रू.२ लाख मात्र कुल बीमाशुल्क रकम संकलन गरेका थिए । त्यसपछि आ.व. २०८०/८१ र आ.व. २०८१/८२ क्रमिक रूपमा बढेर रू.१६ करोड ९८ लाख र रू.८४ करोड ३४ लाख संकलन भएको छ।

लघु जीवन बीमकको बीमाशुल्क आम्दानीको श्रोतमा लघु बीमा, लघु वित्त र सहकारीको कर्जा सुरक्षा प्रयोजनका लागि जारी गरिएको जीवन बीमालेख र वैदेशिक रोजगारी बीमालेख मुख्य हुन् । पछिल्लो वर्षमा बीमाशुल्क संकलन उल्लेख्य बढ्नुको एउटा कारण वैदेशिक रोजगार बीमालेखवापतको व्यवसायमा हिस्सा प्राप्त गर्नुपनि हो।

लघु जीवन बीमकको दाबी विवरणः

व्यवसाय सुरु गरेको प्रथम वर्ष भएको आ.व. २०७९/८० बीमा दाबीको विवरण नभएता पनि आ.व. २०८०/८१ मा ७९ वटा दाबी संख्या को रु.१ करोड  १९ लाख र आ.व. २०८१/८२ क्रमिक रूपमा बढेर जम्मा २ हजार १०९ दाबी संख्यामा रु.२५ करोड ६८ लाख भुक्तानी भएको थियो । लघु जीवन बीमकले ५ वटा बीमालेख वापत रु.९ लाख भुक्तानी गर्न बाँकी रहेको देखिन्छ।

लघु निर्जीवन बीमकको बीमाशुल्क आम्दानीः
आ.व. २०७९/८० को अन्तिम महिनाबाट व्यवसाय सुरु गरेका लघु निर्जीवन बीमकहरूले  आ.व. २०८१/८२ सम्ममा कुल १ अर्ब ३ करोड ८० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमकको व्यवसायमा मोटर बीमाको हिस्सा सर्वाधिक छ।

लघु निर्जीवन बीमा दाबी विवरणः

व्यवसाय सुरु गरेको पहिलो वर्ष भएको आ.व. २०७९/८० बीमा दाबीको विवरण नभएता पनि आ.व. २०८०/८१ मा १६४  वटा दाबी संख्यामा रू.१ करोड ४६ लाख र आ.व. २०८१/८२ क्रमिक रूपमा बढेर जम्मा १ हजार ७५४ दाबी संख्यामा रू.१६ करोड २४ लाख भुक्तानी भएको थियो । आ.व. २०८१/८२ मा जम्मा १ हजार २४ दाबी बीमालेख वापत रू.७ करोड ६९ लाख भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS