काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा बन्द भएको हो।
सामान्य बढेको बजारमा आज ९ वटा समूह बढेको छ भने ४ वटा घटेको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २.४० प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.०३ प्रतिशतले घटेको छ।
बजारमा आज १५६ कम्पनीको शेयरभाउ बढेको छ भने ७७ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ६० करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- प्रभु महालक्ष्मी लाइफः ४६ करोड १७ लाख रुपैयाँ
- न्यादी हाइड्रोपावरः २० करोड ७२ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ११ करोड ८५ लाख रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः ११ करोड ६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९३ लाख रुपैयाँ
- रिभर फल्स पावरः ८ करोड ७४ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ८ करोड ६७ लाख रुपैयाँ
- युनाइटेड अजोड इन्स्योरेन्सः ८ करोड ६१ लाख रुपैयाँ
- आत्मनिर्भर लघुवित्तः ७ करोड ७४ लाख रुपैयाँ
- ग्रिन डेभलपमेन्ट बैंकः ७ करोड ७४ लाख रुपैयाँ

















