IME Life New

शेयर बजारमा ७ अंकको बृद्धि, कारोबार रकम ९ अर्ब ९० करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलवमव १३ अंकले बढेर २,७६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोड माथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८३ करोेड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको २९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल ल्युब ओयलका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ९७ प्रतिशतका दरले गुमाउका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS