IME Life New

शेयर बजारमा फेरि लाग्यो पोजेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता समीकरण फेरिने भएपछि शेयर बजारमा फेरि दोस्रो माथिल्लो सर्किट लागेको छ। बजार ११ः२४ मिनेटमा दोस्रो माथिल्लो सर्किट लागेको हो।

नेप्से परिसूचक ५ प्रतिशत अर्थात् ९८.६९ अंकले बढेको छ। योसँगै परिसूचक बढेर २०५० को विन्दुमा पुगेको छ। अब बजार ४० मिनेटपछि मात्र खुल्नेछ। यसअघि बजार खुलेको केहीबेरमा ४ प्रतिशतले बढेको थियो। योसँगै बजारमा २० मिनेटका लागि कारोबार स्थगित भएको थियो।

Crest

कारोबार सुरु भएको पहिलो १ घन्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। त्यसपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ। त्यसपछि बजार ६ प्रतिशतले बढेमा वा घटेमा भने बाँकी दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ।

अहिलेसम्म बजारमा २४ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने २१५ कम्पनीको शेयरभाउ बढेको छ। दुईवटाको मात्रै घटेको छ। अहिलेसम्म १६ वटा कम्पनीको शेयरभाउमा पोजेटिभ सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS