IME Life New

शेयर खरिद-बिक्री गर्न उस्काउनेमाथि कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर खरिद-बिक्री गर्न उस्काउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

धितोपत्र बोर्डले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम कारबाही हुनेछ’, सूचनामा भनिएको छ, ‘विगतमा समेत यस्तो किसिमको काम–कारबाही भए नभएको सम्बन्धमा धितोपत्र बोर्डले सूक्ष्म निगरानी गरिरहेको छ र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुनबमोजिम कारबाही अगाडि बढाइने व्यहोरा समस्त लगानीकर्ताहरुलाई गराउँदै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध छ।’

Crest

विभिन्न सञ्चार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा विक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा धितोपत्र बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएको सूचनामा उल्लेख छ। ‘यसप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ।

धितोपत्र सम्वन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसुर गरेको मानिने धितोपत्र बोर्डले चेतावनी दिएको छ। ‘सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन र त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, धितोपत्र बोर्डले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS