IME Life New

शेयर कारोवार खोल्ने निर्णयसँगै सामाजिक संजालमा चर्को विरोध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ : लकडाउनका कारण धितोपत्र बोर्डले चैत १७ गतेसम्मका लागि शेयर कारोवार बन्द गरेकोमा उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले शेयर कारोबार खुलाउने निर्णय गरेको छ । यो निर्णयसँगै मंगलबार देखि शेयर कारोवार खुल्ने संकेत मिलेको छ। आजको निर्णयको पहिलो बुँदामा ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९१ संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिंग, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने भनी लेखिएको छ।

तर सामाजिक संजाल फेसबुकमा भने सरकारको यो निर्णयको चर्को विरोध हुन थालेको छ। पूर्ण अनलाईन कारोवार प्रणाली नहुँदाको अवस्थामा शेयर कारोवार खोल्न नहुने धारणा धेरैको छ । पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली भएको देशसँग दाँजेर हाम्रो शेयर बजार खुलाउनु गलत हुने धेरैको विचार रहेको छ।

Crest

नाजुमा श्रेष्ठले नेपालको शेयर बजार अन्तरास्ट्रिय स्तरको नभएको र अहिले बजार संचालानमा आउने निर्णय ठिक नभएको विचार राख्नु भयो।

रोहण शर्माले व्यङ्ग गर्दै लेखेका छन्  “छिटो भन्दा छिटो सेयर कारोबार खोलौं। सँसारमै गर्व गर्न लायक अत्याधुनिक प्रबिधीबाट घरमै बसेर कारोबार गरौं। लगानिकर्ताको हतास मनोबिज्ञानमा प्रहार गर्दै लुटौं र लुट्नेलाई प्रोत्साहन गरौं। भोलीको दिनमा कोरोना भाईरसको अन्तेष्टी सँगै नयाँ, साना, सोझा साझा लगानीकर्ताको पनि दाहसँस्कारको लागी आजैबाट चिता तयार गरौं!”

योगेन्द्र बज्राचार्यले जिज्ञासा राख्दै लेख्नु हुन्छ “अर्थ मन्त्रालयबाट शेयर बजार खुलाउन धितोपत्र लाई आदेश दियो रे ?
के यो समाचार सत्य हो र ?
यदि हो भने लक डाउनमा हामी हजारौ लगानीकर्ता ब्रोकर्स अफिस कसरी जाने होला ?
हामीले कारोबार कसरी गर्ने ?
कि अस्ति आइतबार जस्तै २ -४ % ले मात्रै कारोबार गराउने ?
यसबारे लगानीकर्तासंघका अग्रजहरु र विध्य्वान बिश्लेशकज्युहरुले प्रस्टाई दिनु हुन्छ भनी आशा गर्दछु।”

माधव उप्रेती आक्रोशमा लेख्नु हुन्छ ” धितोपत्र कारोबार खुलेपछी lockdown पनि खुल्नुपर्छ सबै लगानिकर्तालाई रोडपास दिन सक्छौ। अनलाईन लिन पनि बोक्रर अफिस जानुपर्यो बेचेको DIS चेक दिन रकम बुझ्न , खरिदपछी रकम बुझाउन यदि मार्केट घटयो भने मार्जिन आउदा settle गर्न RTS खुल्नुपर्छ आफ्नो सम्पत्ति जोगाउन कोरोना भनेर बस्दैनन । यो सबै जिम्मा लिन सक्छौ नेपालको परिवेशमा सरकार? यसको जवाफ चाहियो लगानिकर्तालाई ।”

त्यस्तै महेन्द्र प्रसाद पाठक लेख्नु हुन्छ ” सरकार मान्छे जतिलाई घरमा बस्न भनेर अनि धिताेपत्र बजार चाहिँ के जनावर लाई खाेल्न लागेकाे हाे र । बेलैमा दिमाग लगाउ २/४ कराेड करकाे लागि सम्पूर्णकाे जीवन दाउमा नलगाउ न है । “

शेयर लगानीकर्ता दिपक पौडेल पनि नेपाली लगानीकर्ताको अनलाईन कारोवार प्रणालीको पहुँच थोरै भएकोले अहिलेको निर्णय सही नभएको भन्दै सामाजिक संजालमा पोस्ट गरे।

निता थापाले सरकारलाई जनताको भद्ना पनि राजश्वको चिन्ता भनी फेसबुक मार्फत दु:ख पोख्नु भएको छ “यस्तो बेला सरकारमा बसेकालाई शेयर बजार र जनताको भन्दा पनि शेयर बजारबाट राज्य कोषमा जम्मा हुने राजस्वको बढि पिर ,माया छ ….लगानीकर्ताको पहुँच कति को छ अनलाईनमा के थाहा होला र ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS