IME Life New

शुरुवाती चरणमै क्यान्सरको लक्षण पत्ता लगाउने विधि स्वास्थ्य बीमामा महत्वपूर्णः स्विस रि इन्स्टिच्यूट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।स्विस रि इन्स्टिच्युटले प्रारम्भिक अवस्थामै बहु-क्यान्सर पत्ता लगाउने परीक्षणहरूको व्यापक प्रयोगले जीवन र स्वास्थ् बीमकको लागि महत्वपूर्ण  प्रभाव पार्ने बताएको छ।

बहु क्यान्सर पत्ता लगाउने परीक्षण, एक प्रकारको तरल बायोप्सी, क्यान्सरहरूको विस्तृत दायराको बायोमार्करहरू पत्ता लगाउन डिजाइन गरिएको हो। यसले सम्भावित रूपमा वर्तमान, स्थापित स्क्रीनिङग विधि भन्दा चाँडो अर्थात् जब बिरामीमा पहिलो पटक नै क्यान्सरको संक्रमण शुरु हुन्छ, त्यहि चरणमा लक्षणहरू देखाउँछ ।

Esewa
Crest

“बहु-क्यान्सर प्रारम्भिक पहिचान: आजको सीमा भन्दा बाहिरको क्यान्सर परिक्षण” शीर्षकको प्रतिवेदनमा, स्विस रि इन्स्टिच्युटले यो परीक्षणहरू प्रयोग गरेर प्रारम्भिक क्यान्सर स्क्रीनिङ बीमकहरू र बीमितका लागि सम्भावित शुद्ध लाभ हो । यसले रोग लाग्ने प्रारम्भिक चरणमा नै क्यान्सर पहिचान गर्ने भएकाले क्यान्सरको निदान दुबैको हितमा हुनेछ। प्रारम्भिक चरणहरूमा क्यान्सर पहिचान भएको अवस्थामा बीमकहरुले विभिन्न प्रकारका क्यान्सरको मृत्युदरमा केही कमी आउने र दीर्घकालीन उपचार लागतलाई न्यून गर्ने अनुमान गरिएको छ।

केही बीमकले यस्तो परिक्षण विधि भएका कम्पनीसँग साझेदारी स्थापना गरेका छन्। यी बीमकले अब ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू जस्तै क्यान्सरको उच्च जोखिम भएकाका लागि पोस्ट-इश्यू, मूल्य अभिवृद्धि सेवाको रूपमा आफ्ना इन-फोर्स जीवन बीमा ग्राहकलाई नमूना परिक्षण शुरु गरेका छन् ।

यी नमूना परिक्षणहरुको चिकित्सकीय लाभ र हानिका साथै लागत-प्रभावकारिता मूल्याङ्कन हेर्न बाँकी छ। स्वीस रि इन्स्टिच्यूटले समयक्रममा यो परिक्षण विधिको प्रभावकारितालाई मध्यनजर गर्दै अन्य बीमकले यो पहिलो चरण पछ्याउने र सम्पूर्ण बीमा मूल्य शृङ्खलामा यस्तो परीक्षणहरू लागू गर्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS