IME Life New

शिखर इन्स्योरेन्सको स्वास्थ्य बिमा योजनाले इन्स्योरेन्स क्षेत्रमा नया तरङ्ग, २० लाख रुपैयाँसम्मको उपचार खर्च..

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्यारेन्स खवर/काठमाडौँ: शिखर इन्स्योरेन्स कम्पनीले एक हजार भन्दा बढि रोगको उपचार हुने गरि स्वास्थ्य बीमा योजना ल्याएको छ ।जटिल रोग तथा मंहगो उपचारलाई सहज र सर्वसुलभ खर्चमा उपाचर गराउने उद्देश्य सहित सर्वसाधरणका लागि उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।

स्वास्थ्य बीमाले बीमा जगतमा तरङ्ग ल्याउने गरि हालसम्म ल्याइएको योजना मध्ये यो सर्वाधिक ठुलो तथा धेरै रोगलाई समेटिएको पहिलो  स्वास्थ्य बिमा योजना हो । कम्पनीले पारिवारिक बीमामा आफ्नो परिवारलाई समेत समेटि न्युनतम २ लाखदेखि २० लाखसम्म र सामुहिक बीमा अन्तर्गत न्युनतम १५ जनासम्म ५० हजारदेखि १० लाखसम्मको स्वास्थ्य बीमा योजना ल्याएको हो ।

Esewa
Crest

जटिल रोग लागेर महंगो भएर उपचार गराउन गाह्रो हुने तथा उपचार गर्न पैसा नभएर समस्यामा पर्ने समस्या समाधान गर्ने उदेश्यले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार भन्दा बढी रोगको उपचार हुने गरी स्वास्थ्य बीमा योजना ल्याएको छ । नेपालमा पनि स्वास्थ्य बिमा गर्ने प्रचलन भर्खर-भर्खर बढ्दै गईरहेको अवस्थामा शिखर इन्स्योरेन्सले जारी गरेको नया योजनाले नेपाली जनताको मन सजिलै जित्न सक्ने दखिन्छ।

कम्पनीका अनुसार उक्त योजना मार्फत नगद रहित उपचार, विना झन्झट शतप्रतिशत भुत्तानी र सहजै दाबी गर्न सकिनुका साथै नेपाल र भारतका गरी ६ हजार बढी अस्पतालमा नगद रहित उपचार हुने बताएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी  निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS