काठमाडौं । अरुण कावेली पावरले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । नियमनले कम्पनीको उक्त प्रस्तावित हकप्रद शेयरलाई निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशन गर्नुअघि आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ सोही अनुरुप कम्पनीले पेश गरेको निवेदनलाई आयोगले स्वीकृति प्रदान गरेको हो । आयोगले कम्पनीलाई विभिन्न नियम तथा शर्तहरु पुरा गरी हकप्रद निष्काशन गर्न सहमति प्रदान गरेको जनाएको छ ।


















