IME Life New

शंकर समूहको रिद्धिसिद्धि सिमेन्ट रोबोटबाट चल्ने, अत्याधुनिक प्लान्टबाट सिमेन्ट उत्पादन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हेटौँडा। पहिलो पटक हेटौंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा  पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम लाग्ने उद्योगका परियोजना प्रमुख राजेश पिलाइले बताए।उनका अनुसार उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र पिएनसम्म गरेर जम्मा तीनसय जनशक्ति लाग्नेछ । उत्पादनको अनुपातमा जनशक्ति एकदमै कम भएको र यो उद्योग प्रविधिको हिसाबले हेर्दा नेपालमा पहिलो भएको परियोजना उनले बताए।

उद्योगबाट धुलो बाहिर जान नदिनका लागि अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने प्रमुख पिलाइ बताउँछन्। रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आपूर्ति गर्ने उद्योगका परियोजना उनले जानकारी दिए।

यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आपूर्ति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेघावाट विद्युत् खपत गर्नेछ ।यसका लागि प्राधिकरणले विद्युत् उपलब्ध गराउने प्रक्रिया जारी रहेको बताइएको छ । अम्बे र शंकरग्रुपको लगानीमा मिर्चैयामा पनि रिद्धिसिद्धि भन्दा ठूलो उद्योग स्थापना भइरहेको छ । नेपालमा सिमेन्टको बजार प्रशस्त रहेको र गुणस्तरीय उत्पादनको खोजीमा रहेका उपभोक्ताको मागलाई सम्बोधन गरिने भएको छ  ।

Esewa
Crest

नेपालमा सिमेन्टको माग बर्सेनि १५ देखि २० प्रतिशतका दरले वृद्धि भइरहेकाले लगानीकर्ताले सिमेन्ट उद्योगमा लगानी गरेको उद्योगका निर्देशक राजेश खरेलले बताए।उनका अनुसार स्वदेशी लगानीमा स्थापना भएका सिमेन्ट उद्योगमध्ये नेपालको हालसम्मको ठूलो उद्योग यो एउटा हो ।उद्योगको भौतिक निर्माणकार्य अन्तिम चरणमा पुगेकाले तीन महिनाभित्र उत्पादन थाल्ने निर्देशक खरेल जानकारी दिए।

आफ्नै क्लिङकर उत्पादन गर्ने प्लान्ट जडानका लागि भने एक वर्षको समय लाग्ने भएकाले  क्लिङकर उपकरण जडान नभएसम्म खरिद गरेर उत्पादन गर्ने उद्योगको योजना रहेको उनले बताए।ओपिसी र पिएससी दुई प्रकारका सिमेन्ट उत्पादन गर्ने उद्योगका निर्देशक खरेल बताउँछन् सिमेन्ट उद्योगमा जर्मनी र डेनमार्कको अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको उद्योगले जनाएको छ । ४० बिघा क्षेत्रफलमा निर्माणाधीन उद्योगमा पूर्णतया स्वचालित उपकरण जडान भइरहेको छ ।

(source:- bizmandu/com)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS