IME Life New

विमान दुर्घटना बढ्दा बीमा कम्पनीकाे आम्दानी भन्दा दाबी बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षकाे पहिलाे दश महिनामा हवाई बीमावापत डेढ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आम्दानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०७९।८० काे बैशाख मसान्तसम्ममा १ अर्ब ६० कराेड ५० लाख रुपैयाँ बीमाशुल्क स‌ंकलन गरेका हुन् ।

हवाई बीमामा उच्च जाेखिमसँगै बीमांक रकम समेत ठूलाे हुने भएकाले स्वदेशी निर्जीवन बीमा कम्पनीहरूले कूल बीमांककाे ०.३३ प्रतिशत जाेखिममात्र आफूले ग्रहण गरेर बाँकी जाेखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन्।

Esewa
Crest

आन्तरिक हवाई दुर्घटनामा लगातार विमान दुर्घटनाका घटना हुँदा बीमा कम्पनीहरुकाे दाबी भुक्तानीकाे दायीत्व पनि बढेकाे छ। यसैगरी २०८० बैशाख २२ गते सिम्रिक एयरकाे हेलिकप्टर स‌ंखुवा सभामा दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे थियाे । २५ चैत्रमा मण्डीखाटारस्थित ह्याम्स अस्पताल परिसरमा एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएकाे थियाे । २६ चैतमा धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो  यसअघि गत माघ २०७९ मा यति एयरलाइन्सकाे यात्रु बाहक जहाज पाेखरामा दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाउनु पर्याे । नेपाली आन्तरिक उडान सेवामा पहिलाे पटक एकै साथ यति ठूलाे विमान दुर्घटनामा परेकाे हाे  । यसबाहेक हेलिकप्टर दुर्घटनाका घटनाहरु पनि दाेहाेरि रहेका छन् । हवाई जहाज र हेलिकप्टर दुर्घटनाका कारण बीमा कम्पनी र विदेशी पुनर्बीमा कम्पनीले क्षतिपूर्तीवापतकाे दाबी व्यहाेर्नुपर्ने भएकाे छ।

हाल बजार मूल्य अनुसार यतिकाे दुर्घटनामा परेकाे एटीआर ७२ माेडेलकाे विमानकाे  मूल्याङ्कन १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै जहाजमा सवार यात्रुको हकमा २० हजार अमेरिकी डलको बीमा हुने गर्छ । यस हिसाबले विमानमा सवार एउटा यात्रुको मृत्यु भएमा उसको परिवारले लगभग २५ लाख भन्दा माथि पाउँछन् ।

मन्ट्रियल महासन्धी १९९९ का अनुसार हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रीकाे परिवारले १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने प्रावधान भएपनि नेपालमा सरकारले अझैसम्म याे कार्यान्वयनमा ल्याएकाे छैन । हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत् प्रति यात्रु एक लाख अमेरिकी डलर क्षतिपूर्ती प्रदान गर्ने प्रस्ताव सहितकाे मस्याैदा २०७८ माघमै पर्यटन मन्त्रालयमा पेश गरिए पनि याे कार्यान्वयनमा ल्याइएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS