IME Life New

विपन्नलाई स्वास्थ्य सेवामा सरकारी काेषकाे दाेहाेराे दाेहन गर्दै अस्पताल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वास्थ्य स‌ंस्थाहरूले एउटै सेवावापत सरकारबाट दाेहाेराे सुविधा लिएर ठगी गर्न थालेका छन् । नेपाल सरकारले विभिन्न सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेकाेमा उही खाले सेवावापत सरकारी अनुदान रकम वितरण गर्ने निकायबाट दाबी गर्दै दाेहाेराे दाबी लिएका हुन् ।

स्वास्थ्य बीमा बाेर्डका अनुसार विपन्न नागरिकका लागी औषधी उपचार कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई मृगाैला राेगकाे उपचारका क्रममा डायलाशिस सेवा प्रदान गरिरहेका स्वास्थ्य स‌ंस्थाले बाेर्डबाट समेत साेधभर्ना दाबी गरिरहेका छन् । दाेहाेर दाबी गर्ने कार्य गैर कानूनी भएकाेमा स्वास्थ्य बीमा बाेर्डले ती स्वास्थ्य संस्थाहरूलाई कालाेसूचीमा राखेर कारवाही गर्नुपर्नेमा माेलाहिजा गर्दै आएकाे छ।

Esewa
Crest

बाेर्डले जेठ ४ गते सार्वजनिक सूचना जारी गर्दै दाेहाेराे दाबी नगर्नका लागी अनुराेध मात्र गरेकाे छ। बाेर्डले दाेहाेराे दाबीकाे प्रमाण फेला परेकाेमा सम्बन्धित स्वास्थ्य स‌ंस्थाविरूद्ध भ्रष्टाचारकाे आराेपमा आवश्यक कारवाही प्रकृया अघि बढाउनुपर्नेमा उन्मुक्ति दिन मतियार बनेकाे छ।

बाेर्डमा फर्जी दाबीकाे विषय पनि पटक पटक दाेहाेरिए पनि सम्बन्धित स्वास्थ्य संस्थालाई कालाेसूचीमा राखेर आबद्धता खारेज गर्नुपर्नेमा कुनै कारवाही नगरी स‌ंरक्षण प्रदान गरिरहेकाे विषय पनि महालेखा परिक्षककाे कार्यालयकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS