IME Life New

विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर बन्दै हिमालयन रिइन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम वेष्टबाट हालै मात्र प्राप्त गरेको बि पल्स रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ । सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाइरहेको छ । सो देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुनेछ ।

केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै भारतबाट अन्दाजी रु. १,००० करोड बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।

Esewa
Crest

कम्पनीेको हालै सम्पन्न तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ ।

कम्पनीले अपेक्षा अनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल मात्र नभई कम्पनीले जुन “æTaking Nepal to The World” भन्ने नारा बाकेको छ । सो नारा बमोजिम नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सफल हुने निश्चित प्राय देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS