काठमाडौं । लुम्बिनी विकास बैंकले माग गरेको कर्मचारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज पुस ३ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।


















