IME Life New

लुम्बिनी मेडिकल कलेजले आज रातिदेखि स्वास्थ्य बीमाको सुविधा नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा सुविधा नदिने भएको छ । हस्पिटलले आज राति १२ बजेदेखि स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको बीमा सुविधा नदिने जनाएको छ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट संचालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गरेका विरामीहरुलाई यस हस्पिटलले २०७३ भदौ एक गतेदेखि रेफरल सेन्टर र प्रथम विन्दुको रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको थियो । नेपाल सरकारले २०७९/८० को बजेट वक्तव्य मार्फत बीमा कार्यक्रम २०७९ साउन एक गतेदेखि सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने निर्णय सँगै हस्पिटलले आजरातिदेखि बन्द गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

हस्पिटलले हाल रेफरल स्वास्थ्य संस्थाको रुपमा उपलब्ध गराउदै आएको बहिरङ्ग अन्तरङ्ग तथा आकस्मित अन्तर्गत दिइने सम्पुर्ण स्वास्थ्य बीमा कार्यक्रम आज राति १२ बजेदेखि सेवा स्थगत गरिएको व्यहोरा सम्पुर्ण स्वास्थ्य बीमित विरामी तथा विरामीका आफन्तहरुलाई जानकारी गराएको छ । सरकारको निर्णयले गर्दा यस्तो सेवा दिन नपाइएको भन्दै दुःख व्यक्त गरेको छ ।

नेपाल सरकारबाट आगामी दिनहरुमा सरकारी तथा सामुदायिक स्वस्थ्य प्रदायक संस्था तथा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाबाट सेवा प्रदान गर्ने भनि निर्देशन भइ आएमा यस कलेजले पुनः स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS