IME Life New

लाभांश सहित नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कालिका स्थानस्थित अमृतभोग ब्याङक्वेटमा सम्पन्न भएको हो । कम्पनीले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, लालदरबार, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरुमा शेखर बराल र जिनुका पोखरेल निर्वाचित भएका छन् । बोनश शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई बाह्र अर्ब एकासी करोड पैंतीस लाख त्रिचालीस हजार सात सय पचास कायम हुने हुँदा सोही अनुसार प्रबन्धपत्रको दफा ६(२) र ६ (३) संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ को ९१० (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS