IME Life New

ललितपुरमा सुरु भयो स्वास्थ्य बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर महानगरपालिकामा आज पुस २ गतेबाट स्वास्थ्य बीमा सुरु भएको छ।

ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगर क्षेत्रभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो। स्वास्थ्य बीमाको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर उद्घाटन गरिएको हुन्।

Esewa
Crest

प्रधानमन्त्री दाहालले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेष्ठ स्थानीय तहका रुपमा रहेको ललितपुर महानगरपालिकाले नगरपालिका स्थापनाको १०५ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासी, जनप्रतिनिधि, कर्मचारीलगायत सम्बद्ध सबैमा बधाइ तथा शुभकामना व्यक्त गरे।

‘वार्षिकोत्सवको यस सन्दर्भमा महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु’, उनले भने, ‘उज्यालो तथा हरियालीको प्रवद्र्धन गर्दै ‘स्मार्ट शहर’का रुपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरु सरहानीय छन् । यी कार्य राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको छु । यसका निम्तिसमेत सिंगो महानगर परिवारमा बधाइ ज्ञापन गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS