IME Life New

लगानीकर्ताले तालाबन्दी गरेपछि बजार सुधारका काम भै रहेको बोर्डको स्पष्टीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०६४ संंशोधनको अन्तिम चरणमा पुगेको बताएको छ । धितोपत्र दलाल व्यवसायीलाई थप प्रतिस्पर्धी बनाउँन निमायवली शंसोधन गर्न लागिएको बोर्डले बताएको छ ।

सेयर लगानीकर्ताहरुले आईतबार बोर्डमा तालाबन्दी गरेपछि सोमबार प्रेस विज्ञप्ती जारी गर्दै बोर्डले बजार सुधार लागि गरेको कार्यविवरण सार्वजनिक गरेको छ । बोर्डले अर्थमन्त्रालयको निर्देशन अनुसार बजारका लागि गर्नुपर्नै केही सुधार गरि सकिएको, केही असार मसान्तभित्रमा गरिने र केही सधार २०७६ असारमसान्त भित्र गरिसकिने दाबी गरेको छ । जसमध्ये नियमावली संशोधन चैत्रमसान्तभित्रमा गरि सकिने बताएको छ ।

Esewa
Crest

त्यसैगरी बजार हुने गरेको भित्री कारोबार बन्देज निमायवलीको मस्यौदा भई स्वीकृतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउँने क्रममा रहको बताएको छ । चैत्र महिना भित्रमा बास्तविक क्षेत्रका संगठित संस्थाहरुको संस्थापक शेयरको लक इन पिरियडलाई अनय वित्तीय क्षेत्रको नियमन निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउँन अध्ययन भैरहेको समेत बताएको छ ।

साथै कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता व्यापारीको रुपमा समेत कार्य गर्ने अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी सिफारिश गर्न नेप्सेलाई निर्देशन दिईएको बोर्डले बताएको छ ।

त्यस्तै, आगामी असारमसान्तसम्ममा गैर आवसिय नेपालीको बैंकहरुको डिवेञ्चरमा लगानी, लगानी फिर्ता तथा बैंकहरुबाट ऋणपत्र जारी गरी वित्तीय स्रोत जुटाउँने सम्बन्धमा नीतिगत व्यवस्था गरिने बताएको छ । यसका लागि समन्वयात्मक रुपमा सम्बन्धित निकायहरुसँग छलफलको क्रममा रहको बोर्डले जानकारी दिएको छ ।

सेयर बजारमा हुने कारोबारलाई थप प्रभावकारी बनाउँन सेटलमेण्ट बैक, सिडिएससी एण्ड क्लियरिगं तथा निक्षेप सदस्यहरुसँग नेप्सेको अनलाईन कारोबार प्रणाली पूर्ण रुपमा आबद्ध भए पश्चात हाल कायम रहेका टि प्लस थ्रि राफसाफ चक्रलाई टि प्लस वानमा ल्याउँन सिडिएसीलाई निर्देशन दिईएको बताएको छ । साथै प्राईमेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टकृत लगानी कोष नियमावली २०७५ लागू गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS