IME Life New

रि-इन्स्योरेन्स ब्रोकर सम्बन्धी निर्देशिका जारी, न्युनतम चुक्ता पूँजी ५ करोड रुपैयाँ हुनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले पुनर्बीमा दलाल ‘ब्रोकर’ सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले पुनर्बीमा बजारको विकास गर्नका लागि यस्तो निर्देशिका लागू गरेको हो ।

निर्देशिकामा रि इन्स्योरेन्स ब्रोकरको अधिकृत पूँजी कम्तिमा दश करोड रुपैयाँ तोकिएको छ । अधिकृत पूँजीको ५० प्रतिशत चुक्ता पूँजीको रुपमा कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । यस आधारमा रि इन्स्योरेन्स ब्रोकर कम्पनी खोल्न चुक्ता पूँजी कम्तिमा पनि ५ करोड रुपैयाँ हुनु पर्नेछ ।

Esewa
Crest

ब्रोकरले तोकेको पूँजी मध्ये अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई बाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्नेछ । अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोक्न सक्ने छ ।

रि-इन्स्योरेन्स ब्रोकरको काम गर्नका लागि संगठित संस्थाले बीमा समितिबाट अनुमति लिनु पर्ने छ । अनुमति नलिइकन कसैले पनि ब्रोकरको काम गर्न नपाइने बीमा समितिले जनाएको छ । संगठित संस्थाले सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रवन्धपत्र र नियमावली, संस्थाको प्रमुख कार्यकारी अधिकृत वा प्रमुख व्यवस्थापकको व्यक्तिगत विवरण र समितिले आवश्यक देखेका अन्य कागजात वा विवरण सहित निवेदन दिन सक्ने छ ।

कुनै बीमा कम्पनी वा पुनर्बीमा कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी वा पदाधिकारी, परामर्शदाता, सल्लाहकार, लेखापरीक्षक बीमक वा पुनर्बीमक सँग व्यवसायिक कारोबार भएको व्यक्तिले ब्रोकर सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै ऐन बमोजिम बीमा अभिकर्ता, सर्भेयर, तस्रो पक्ष सहजकर्ता वा अन्य कुनै बीमा मध्यस्थकर्ताको इजाजतपत्र लिएको व्यक्ति त्यस्तो इजाजतपत्र बहाल रहेको अवधिभर पुनर्बीमा दलालको संस्थापना गर्न वा प्रत्यक्ष अप्रत्यक्ष रुपमा पुनर्बीमा दलाल हुन पाउने छैन ।

पुनर्बीमा दलालले बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्वको सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्नु पर्नेछ । पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिन सक्ने छ साथै पुनर्बीमा दाबी भुक्तानीमा सहजिकरण गर्नु पर्नेछ ।

पेशागत दायित्व तथा क्षतिपूर्ति बीमा नगरेसम्म पुनर्बीमामा दलालको तर्फबाट भएको लापरबाहीको कारण उत्पन्न हुन सक्ने दायित्वका कार्य गर्न पाइने छैन । त्यस्तै कुनै पनि प्रकारको सम्पत्तिको क्षति र त्यस्तो सम्पत्ती पुनः स्थापित गर्न लाग्ने लागतको पनि कार्य गर्न पाउने छैन । यस्तै पेशागत दायित्व तथा क्षतिपूर्ति बीमा सम्बन्धी अन्य कुराहरु समितिले तोके बमोजिम हुनेछ । बीमा समितिको स्वीकृति विना पुनर्बीमा दाललको स्वामित्व परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ ।

विदेशी पुनर्बीमा दलालले पनि नेपालमा सम्पर्क कार्यलाय तथा शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको छ । उनिहरुले अनुमति लिनु भन्दा अगाडि सेक्युरिटी डिपोजिट बापत ५० हजार अमेरिकी डलर जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

पुनर्बीमा-दलाल-ब्रोकर-सम्बन्धी-निर्देशिका-२०७८

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS