IME Life New

रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुँदै, ५ लाख ९३ हजारको हाल खाली

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड आज हुँदैछ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार उक्त आइपीओ आज साझ ५ बजे बाँडफाँड हुनेछ । कम्पनीको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी भोलि बाँडफाँडको तयारी गरेको हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार १५ लाख ५३ हजार ९५६ आवेदकबाट १ करोड ८३ लाख ११ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता आइपीओ विक्री गरेको हो ।

Crest

यस हिसाबमा ५ लाख ९३ हजार ९५६ जनाले शेयर नपाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । योग्य आवेदकबाट ९ लाख ६० हजारले आइपीओ १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले) छुट्याइएको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बीमकको वित्तीय दायीत्व बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS