IME Life New

रिलायन्स स्पिनिङको आइपीओमा लेखा समितिको प्रश्नै-प्रश्न, ७ दिनभित्र जबाफ दिन सेबोनलाई निर्देशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट बुक बिल्डिङ विधिबाट निष्कासन अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको आइपीओमाथि प्रश्नै–प्रश्न उठाएको छ। ती प्रश्नको जबाफ ७ दिन पठाउन लेखा समितिले आज असार २५ गते सेबोनलाई पत्र काटेको छ।

रिलायन्स स्पिनिङ मिल्सले हालै सेबोनबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको विषयप्रति लेखा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि संस्थागत लगानीकर्तालाई आइपीओ बिक्री गरिसकिए पनि सर्वसाधारणलाई जारी हुन लागेको भनिएको रिलायन्स स्पिनिङको आइपीओको सम्बन्धमा स्पष्ट जबाफ ७ दिनभित्र पठाउन धितोपत्र बोर्डलाई लेखा समितिले निर्देशन पनि दिएको छ।

Crest

यस्ता छन् लेखा समितिको प्रश्न

१. उक्त कम्पनीको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

२. रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आइपीओ ल्याउँदा अर्थात् गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर, अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?

३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०।८१ मा ३२.९० रुपैयाँ, २०८१।८२ मा ३२.८९ र २०८२।८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०।८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो, सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन।

४. उक्त कम्पनीमा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाँझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन।

५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक–फरक प्रतिशेयर आम्दानी (हरेक आवमा घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा के हो ?

कम्पनीले यही असार २७ गतेबाट सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्दैछ। प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको छ।

बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिन पाउँछन्। यस हिसाबले यो कम्पनीको आइपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS