IME Life New

राष्ट्रिय बीमा संस्थानले माग्यो प्रशासक, ब्यावसायिक कार्ययोजना सहितको आवेदन पेश गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं चैत्र ३०। राष्ट्रिय बीमा संस्थानले खुला प्रतिस्पर्धाबाट प्रशासक नियुक्ती गर्न दरखास्त आह्वान गरेको छ। संस्थानले योग्यता पुगेका इच्छुक आवेदकलार्इ शिलबन्दी बोलपत्रबाट १५ दिन भित्रमा निवदेनको लागि खुला गरेको जनाएको छ।

प्रशासकको आवेदन दिनको लागि बाणिज्य क्षेत्रका कोर्षमा न्युनतम स्नातकोत्तर गरेको हुनु पर्नेछ वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ।

Esewa
Crest

संस्थानका अनुसार व्यावस्थापकीय क्षेत्रमा कम्तीमा ५ वर्षको कार्यअनुभव भएको साथै नियामक निकायबाट प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य भनी तोकिएको अवस्था नभएकाले आवेदन दिन पाउनेछन्।

व्यक्तिगत विवरण बाहेक आवेदकले ५ हजार शव्द नबढाइ व्यावसायिक कार्ययोजना बनाइ अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नु पर्ने संस्थानले जनाएको छ।

दरखास्त आवेदन दिँदा ३ हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS