IME Life New

राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा विवाद पछि सञ्चालक भण्डारीले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा विवाद भए पछि सञ्चालक समितिका सदस्य अर्जुन भण्डारीले राजिनामा दिएका छन् । अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा आएका सञ्चालक भण्डारीले केहि दिन अगाडी मन्त्रालयमै राजिनामा बुझाएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नियुक्ति गर्न नसके पछि भण्डारीले राजिनामा दिएका हुन् । भण्डारीले अर्थमन्त्रीको निर्देशनमा तेस्रो वरियतामा रहेका बराललाई नियुक्तिका लागि अडान राख्दै आएका थिए । तर अन्य सञ्चालकहरुले अस्वीकार गरे पछि उनले सकेनन् । ‍

Esewa
Crest

नेकपा माओवादी भित्रका दुई गुटको लडाइले नियुक्ति प्रकृयाँ अन्योलमा परेको छ । माओवादीको एउटा गुटले सुरेन्द्र थापालाई नियुक्त गर्न चाहिरहेको छ भने अर्को गुटले शेखर बराललाई नै नियुक्त गर्नु पर्ने अडान राख्दै आएको छ । अर्थमन्त्री शर्माले पार्टी भित्रको विवाद समाधान गरेर जुन व्यक्तिलाई नियुक्त गर्न निर्देशन दिन्छन् त्यहि व्यक्तिलाई नियुक्ति गर्ने पक्षमा सञ्चालक समिति रहेको थियो तर भण्डारी भने बराललाई नियुक्ति गर्नु पर्ने अडानमा थिए ।

भण्डारीको राजिनामा पछि प्रमुख कार्यकारी अधिकृको नियुक्तिमा थप ढिलाइ हुने भएको छ । मन्त्रालयले आफ्नो प्रतिनिधि पठाए पछि मात्रै नियुक्ति प्रकृयाँ अगाडी बढ्नेछ ।

उपसमितिको मूल्याङ्कन अनुसार पहिलो नम्बरमा सुरेन्द्र थापा, दोस्रो नम्बरमा रामबहादुर खड्का र तेस्रो नम्बरमा शेखर बराल छन् । अर्को तर्फ सञ्चालक समितिले भने उपसमितिको सिफारिस अनुसार पहिलो नम्बरमा रहेका सुरेन्द्र थापालाई नै नियुक्त गर्नु पर्ने अडान राखिरहेको छ । अर्थमन्त्री शर्मा तथा मन्त्रालयका प्रतिनिधिहरु भने तेस्रो नम्बरमा रहेका बराललाई नियुक्ति गर्ने पुर्ने अडान राख्दै आएका छन् । तर थापाकै पक्षमा माओवादीका अन्य नेताहरु रहेकाले अहिले समस्या सिर्जना भएको हो ।

यदि थापाको पक्षमा माओवादीबाटै लविङ नभएको  भए यसमा खासै विवाद आउने थिएन । यसरी पार्टी भित्रको जुँगाको लडाइले विगत ५/६ महिनादेखि कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन छ । प्रमुख कार्यकारी अधिकृत नहुँदा धेरै वर्षदेखी रोकिएर रहेका लेखापरीक्षणका कार्य अगाडी बढ्न सकेको छैन ।

पदको पदपुर्ति सिफारिस उपसमितिले प्रमुख कार्यकारी अधिकृतका लागि मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । यस पदका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी,  शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका थिए । उपसमितिले उनिहरु मध्येबाट गत पुस १३ गते ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो । सर्ट लिष्टमा परेका तोयनाथ अधिकारी, बुद्धकाजी श्रेष्ठ, राम बहादुर थापा, सुरेन्द्र थापा र शेखर बराल परेका थिए ।

राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा सरकारको चरम हस्तक्षेप, ‘बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS