IME Life

राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा सरकारको चरम हस्तक्षेप, ‘बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की’

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की दिएका छन् । प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नै नियुक्त गर्न मन्त्रालयले दवाव दिदै आएको छ ।

नेकपा माओवादी भित्रका दुई गुटको लडाइले नियुक्ति प्रकृयाँ अन्योलमा परेको हो । माओवादीको एउटा गुटले सुरेन्द्र थापालाई नियुक्त गर्न चाहिरहेको छ भने अर्को गुटले शेखर बराललाई नै नियुक्त गर्नु पर्ने अडान राख्दै आएको छ । अर्थमन्त्री शर्माले पार्टी भित्रको विवाद समाधान गरेर जुन व्यक्तिलाई नियुक्त गर्न निर्देशन दिन्छन् त्यहि व्यक्तिलाई नियुक्ति गर्ने पक्षमा सञ्चालक समिति रहेको छ ।

Prabhu
Crest

उपसमितिको मूल्याङ्कन अनुसार पहिलो नम्बरमा सुरेन्द्र थापा छन् । दोस्रो नम्बरमा भने रामबहादुर खड्का रहेका छन् । अर्को तर्फ सञ्चालक समितिले भने उपसमितिको सिफारिस अनुसार पहिलो नम्बरमा रहेका सुरेन्द्र थापालाई नै नियुक्त गर्नु पर्ने अडान राखिरहेको छ । तर अर्थमन्त्रीले नै ठाडो निर्देशन दिएका खण्डमा सञ्चालक समितिको पनि केहि लाग्दैन । यसरी पार्टीको भित्रको जुगाको लडाइले विगत ५/६ महिनादेखि कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन छ ।

पदको पदपुर्ति सिफारिस उपसमितिले प्रमुख कार्यकारी अधिकृतका लागि मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । यस पदका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी,  शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका थिए ।

उपसमितिले उनिहरु मध्येबाट गत पुस १३ गते ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो । सर्ट लिष्टमा परेका तोयनाथ अधिकारी, बुद्धकाजी श्रेष्ठ, राम बहादुर थापा, सुरेन्द्र थापा र शेखर बराल परेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS