IME Life New

राष्ट्रिय बाणिज्य बैंकले डाक्यो साधारण सभा, ३३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा आफ्नै केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Crest

सभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय स्थितिको विवरण र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब विवरण तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभाले बैंकको पुँजी वृद्धि गर्ने, नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम नेपाल सरकार, अर्थ मन्त्रालयको नापपा शेयर कायम गर्ने, सञ्चालक समितिको पत्ता एवं सुविधा वृद्धि गर्ने र विशेष प्रस्ताव नं १, २,३ र ४ बमोजिमका निर्णयहरू कार्यान्वयन गर्न बैंकको प्रबन्धपत्र र नियपावलीपा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायबाट कुनै संशोधन, परिमार्जन तथा निर्देशन भएमा सो बमोजिम परिमार्जन गर्न सक्ने अख्तियारी बैंकको सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS