IME Life New

राष्ट्रिय गौरवका आयोजनाबारे सांसद् र विज्ञसँग माओवादी केन्द्रको छलफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ।

राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेता सहभागी छन्। कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिनेछन्। यस्तै इन्स्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आईजीपीए) ले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन स्थितिः प्रमुख निष्कर्ष र सुझावहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरुको पहिचान विषयमा प्रस्तुतीकरण दिनेछन्।

Crest

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरु र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए। राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरुको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरुलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे।

कार्यक्रममा निर्धाणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोेर, काठमाडौं–तराई एक्सप्रेस वे (फास्टट्रयाक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलासयुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS