IME Life New

राजधानी बाहिर महिलाहरुले मात्र हाकेको ब्रोकरको शाखा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

 

Crest

नेपालको शेयर ब्रोकर व्यवसायमा महिलाहरुको उपस्थिती कम रहेकोमा कुनै एउटा ब्रोकरको शाखामा पुरै कर्मचारीहरु महिलाहरु मात्र छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ।  अचम्म मान्नु पर्दैन ब्रोकर नम्बर ४१ , लिन्च स्टक मार्केटको बुटवल शाखा ( रिमोट वर्क स्टेशन) को सम्पूर्ण जिम्मा महिलाहरुले मात्र लगेका छन्। 

लिन्च स्टक मार्केटले २०७४ साल बैशाख ११ गतेबाट मिलनचोक, बुटवलमा रिमोट वर्क स्टेशन मार्फत आफ्नो कारोवार सुरु गरेको थियो। त्यसबेला बुटवलमा एकै पटक ५ ब्रोकरका शाखा पुगेका थिए। हाल  लिन्च स्टक मार्केट मिलनचोकमै रहेको छ।

लिन्च स्टक मार्केट बुटवल शाखा प्रमुखमा स्थानीय सोनम पाठक छिन्। निजी विद्यालयमा व्यवस्थापकको रुपमा आफ्नो करियर सुरु गरेकी पाठकले सुरुमा काम गर्न निकै गारो भएको र सबै जनाको साथ सहयोगले अहिले बुटवल लिन्च स्टक मार्केटको शाखाले राम्रो पर्दशन गरिरहेको बताँउछिन्।

पाठक प्रमुख रहेको शाखामा दैनिक ३० लाखको हाराहारीमा शेयर कारोवार हुने गरेको  र करिव ३० जनाको हाराहारीमा प्रत्यक दिन शेयर कारोवार गर्ने सक्रिय लगानीकर्ताहरु रहेको छन्। शाखामा शेयर  कारोवार गर्ने  एक हजार भन्दा धेरै ग्राहक छन्।

बुटवलमा सुरुमा शाखा स्थापना हुँदा शेयर बजारको माहोल खासै राम्रो नभएको र काम गर्न अप्ठेरो  भएको बताउने सोनामले अहिले भने यो क्षेत्रमा शेयरबजार दिन दिनै विस्तार हुदै गएको र दिन प्रतिदिन आफुहरुलाई सजिलो हुदै गएको बताँउछिन्। सोनमका अनुसार प्राथमिक बजारमा धेरै भन्दा धेरै लगानीकर्ताको सहभागिता  संगै दोश्रो बजारमा पनि लगानीकर्ताहरुको संख्या वृद्धि हुन सहयोग पुगेको छ।

सोनामलाई यो पेशामा  प्रवेश गर्दा सुरुमा केही गाह्रो भएको  थियो ।  २३/२४ वर्षको केटी मान्छेले कहाँ ब्रोकर अफिस चलाउन सक्छन र! भन्ने जमात पनि ठुलो थियो।  अहिले काम गरेर देखाउदा आफुलाई निकै खुशी लाग्छ, मिहिनेत गर्दै जानु पर्छ एक दिन सफलता पाईन्छ भन्ने विचारका साथ आफु अघि बढेको सोनामले बताईन्।

 

आफु महिला भएको र शाखामा सम्पूर्ण कर्मचारी महिला भएको कारणले गर्दा पनि महिला लगानीकर्ताहरुको राम्रो  उपस्थिती भएको पाठक बताँउछिन्। पाठकले प्रदान गरेको तथ्याङ्क अनुसार करिव ४० प्रतिशत ग्राहक महिला रहेको छन्।

आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीलाई दिदी बहिनीको जस्तो व्यवहार गरेकाले कार्यालयले दिने सेवा सुविधामा अझै गुणस्तर आएको पाठक दावी गर्छिन। मेरो कर्मचारीहरुलाई अफिस आउदा खुशी लाग्छ र अफिसबाट घर जादा दुखी हुन्छन, यसको कारण भनेको म उहाँहरुभन्दा माथिल्लो तहको कर्मचारी हो भन्ने आभास कहिले पनि हुन दिएको छैन भावुक हुँदै पाठकले इन्स्योरेन्स खबरलाई बताईन्।

पाठकका अनुसार बुटवल पुँजी बजारको हबको रुपमा विकास हुँदै गएको र यो क्षेत्रमा पुँजी बजार निकै फैलिनेमा ढुक्क छिन्।

आजबाट  इन्स्योरेन्स खबरले प्रत्यक हप्ता पुँजी बजारमा आवद्ध महिलाहरुको  कथा , लेख प्रकाशन गर्ने गर्छ  –इन्स्योरेन्स खबर डट कम   

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS