IME Life New

रहेनन् भारतीय उद्योगपति रतन टाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय उद्योगपति रतन नवल टाटाको ८७ वर्षको उमेरमा बुधबार राति निधन भएको छ।  टाटा समूहका अध्यक्ष समेत रहेका टाटाले पछिल्लो समयमा भारतीय सरकारी स्वामित्वको वायू सेवा कम्पनी एयर इण्डियाको स्वामित्व ग्रहण गरेपछि पुनः चर्चाको शिखरमा पुगेका थिए।

उनको निधनले भारतमा शोकको छायाँ पारेको छ। टाटा समूहलाई नयाँ उचाइमा पुर्‍याउन उनको महत्वपूर्ण योगदान रहेको छ। उनले टाटा समूहलाई विश्वव्यापी स्तरमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

Esewa
Crest

टाटाको जन्म सन् २८ डिसेम्बर १९३७ मा मुम्बईमा भएको थियो। उनले इन्जिनियरिङ अध्ययन गरेका थिए।

टाटा समूहले स्टील, इन्फोटेक, अटोमोबाइल, होटल, रिटेललगायत विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको छ। टाटा समूहका केही प्रमुख कम्पनीहरूमा टाटा स्टील, टाटा मोटर्स, टाटा कन्सल्टेन्सी सर्विसेज, इन्डियन होटल्स कम्पनी लिमिटेड आदि छन्।

टाटाको निधनमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन्। राष्ट्रपति मुर्मुरले उद्योगपति रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS