IME Life New

रसुवागढी र साञ्जेन जलविद्युतको शेयर आगामी सोमबार बाँडफाँड हुने,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीले निष्कासन गरेको पहिलो चरणको शेयर एक साता भित्रै बाँडफाँड हुने भएको छ। दुवै कम्पनीले निष्कासन गरेको शेयर आगामी सोमबार बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धकले जनाएका छन्।

रसुवागढी हाइड्रोपावर कम्पनीले पहिलो चरणमा निष्कासन गरेको शेयरलाई एक साताभित्रै बाँडफाँड गर्ने लक्ष्यकासाथ तयारी भैरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकरी अधिकृत ध्रुव तिमल्सिनाले जानकारी दिए।

Esewa
Crest

उनका अनुसार हाल बैंकहरुबाट प्राप्त तथ्यांकलाई रुजु गर्ने काम भैरहेको छ। ‘बीचमा कुनै अवरोध नआए सोमबारसम्म बाँडफाँड हुन्छ’-उनले भने।
यता साञ्जेन जलविद्युत् कम्पनीको बिक्री प्रबन्धक नागरिक लगानी कोषले पनि सोमबारनै बाँडफाँड गर्ने गरी तयारी थालेको छ।

नागरिक लगानी कोषका उप ब्यबस्थापक रोशनजंग कार्कीका अनुसार सोमबार बाँडफाँड गर्ने गरी तयारी भैरहेको हो।रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी संचयकोषका संचयकर्ताकोलागि निष्कासन गरेको प्राथमिक शेयरको मागभन्दा ५ गुणाभन्दा बढीको आवेदन परेको छ।

बुधबार आवेदन दिने अन्तिम म्याद रहेकोमा २ लाख भन्दा धेरै आवेदकबाट ६ अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ।कम्पनीले एक अर्ब ३३ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको थियो।

यस्तै साञ्जेन जलविद्युत् कम्पनी एक लाख ८५ हजार तीन सय आवेदकबाट चार अर्ब २१ करोड ९० लाख रुपैयाँ बराबरको आवेदन परेको एनएमबि क्यापिटलले जनाएको छ।

पहिलो चरणको निष्कासनको बाँडफाँडसँगै दोस्रो चरणको निष्कासन  सोमबारदेखि सुरु हुने बिक्री प्रबन्धकले जनाएका छन्। कम्पनीको संस्थापक कम्पनीका कर्मचारीकालागि चैत्र ५ गतेदेखि १३ गतेसम्म २३ करोड ९४ लाख रुपैयाँ निष्कासन हुने छ। सोही अवधिमा कर्मचारी संचयकोषका कर्मचारीकालागि ६ करोड ८४ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने छ।

(source bizmandu/com)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS