IME Life New

रसुवागढिको ७० कित्तासम्म सबैलाई शेयर, साञ्जेनको ३० कित्ता, तपाई लाई कति कित्ता पर्यो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं चैत्र १८। रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको पहिलो र दोस्रो चरणको प्राथमिक शेयरको बाँडफाँड भएको छ।

रसुवागढिको शेयरमा ७० कित्तासम्म आवेदन दिने सबैले मागेजति शेयर पाएका छन्। त्यभन्दा बढि शेयरका लागि आवेदन दिएकामध्ये एक लाख ६२ हजार ६३९ जनाले थप १० कित्ता शेयर चिठ्ठाबाट पाएका छन्।

Esewa
Crest

यसैगरी साञ्जेनमा सबैले ३० कित्तासम्म शेयर पाएका छन्। ३० कित्ताभन्दा बढि आवेदन दिनेमध्ये एक लाख ८५ हजार ३५ जनाले चिठ्ठामार्फत थप १० कित्ता शेयर पाएका छन्।

दुबै कम्पनीले शेयर बाँडफाँड गरेपछि शेयर बापतको पैसा कटाएर बाँकी रकम बिहीबारबाट आवेदकले फिर्ता पाउने बिक्री प्रवन्धकले जनाएको छ। बैंकहरुले आवेदन दिएपछि पैसा लक गर्ने र बाँडफाँडपछि परेको शेयरको पैसा कटाउँदै नपरेको पैसा छुट्याउन समय लाग्ने हुँदा बिहीबारसम्ममा रकम फिर्ता हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS