IME Life New

युनाइटेड इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं युनाइटेड इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १० गतेबाट ४ लाख ९९ हजार १९२.६० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

जसमा १ लाख ५७ हजार ६४९।६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले २४०५ हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपर्छि लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको जनाएको छ ।

Crest

कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता (२४० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । यसको न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । यसमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट पनि आवेदन दिन सकिनेछ । एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS