काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २६ अंकले घटेर २,६७८ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मातृभुमी लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ता, इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले पनि ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।


















