काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ७० अंकले घटेर २,८१८ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज १० अर्ब १० करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।