काठमाडौं । आज पनि २६ अंकले घटेर २,१०० को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















