IME Life New

यस्तो थियो ५६ वर्ष अघि राजा महेन्द्रले बीमा संस्थानबाट किनेको पहिलो बीमालेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बीमा उद्योगको इतिहास धेरै पुरानो छैन । हालको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड साबिक नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडका रुपमा विक्रम सम्वत् २००४ साल असोज ८ गते स्थापना भएको थियो ।

नेपाल बैंक लिमिटेडको अगुवाईमा स्थापना भएको मालचलानी तथा बीमा कम्पनीले स्वदेशी बीमाको आवश्यकता पुरा गर्न नसकेको निष्कर्षसहित २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । तत्कालीन राजा महेन्द्रले आफ्नै सवारीको बीमालेख खरिद गर्दै २०२४ साल फागुन ११ गते राष्ट्रिय बीमा संस्थान कारोबार उद्घाटन गरेका थिए ।

Esewa
Crest

विक्रम संवत २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भएपछि २०२५ सालकै पौष १ गते बीमा संस्था प्रालिलाई राष्ट्रिय बीमा संस्थानमा परिणत गरिएको थियो । शुरुवातमा यसले निर्जीवन बीमा व्यवसायलाई निरन्तरता दिएपनि २०२९ साल फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय समेत शुरु गर्यो ।

यस्तो थियो बीमा संस्थानको पहिलो बीमालेख

बीमा संस्थानले २०२४ साल फागुन ११ गते शुक्रबार जारी गरेको पहिलो बीमालेखमा २६७१ दर्ता नम्बर भएको ६ सिसि क्षमताको कारको मूल्य ३० हजार रुपैयाँ घोषणा गरिएको थियो । पहिलो बीमालेखको प्रस्तावमा बीमितको तर्फबाट राजा महेन्द्र र राष्ट्रिय बीमा संस्थानको तर्फबाट अध्यक्ष डा‍. भेष बहादुर थापाले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत सञ्चालन हुँदै आएको राष्ट्रिय बीमा संस्थान बीमाले जीवन र निर्जीवन दुबै व्यवसाय एउटै कम्पनीमार्फत् सञ्चालन गर्दै आएकोमा निर्जीवन बीमा व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग गरी छुटै सञ्चालन गर्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७१ जेठ २८ गते राष्ट्रिय बीमा कम्पनी दर्ता भएको थियो । यो कम्पनि वि,सं २०७१ बैशाख २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार कम्पनि ऐन, २०६३को दफा १७३(१)मा उल्लेख भएको “नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान कम्पनिमा परिणत हुन सक्ने” प्रावधान अन्तर्गत लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको हो ।

राष्ट्रिय बीमा कम्पनी कम्पनी ऐन २०६३ अन्तर्गत सञ्चालन हुन थाल्यो भने राष्ट्रिय बीमा संस्थान चाहिँ साबिकको संस्थान ऐन २०२५ अन्तर्गत नै सञ्चालन हुँदै आयो । बीमा ऐन २०७९ जारी भएसँगै २०७९ कात्तिकबाट बीमा संस्थान ऐन २०२५ खारेजीमा पर्यो र संस्थान बीमा ऐन अन्तर्गत आयो।  जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गरिरहेको संस्थानलाई हाल राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत गरिएको छ। संस्थानले शुक्रबार आफ्नो स्थापनाको ५७ औं वार्षिकोत्सव मनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS