IME Life New

यस्ताे बन्ने भयाे नेपाल पुनर्बीमाकाे कर्पाेरेट भवन, नाै तल्ले भवनमा के के छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनीकाे प्रस्तावित भवन नौ तल्लाको हुने भएको छ। सरकारी स्वामित्वको याे पुनर्बीमा कम्पनीले बानेश्वर ३१ नम्बर वडा शान्तिनगरस्थित तीनकुने पुल नजिकै लायन्स आँखा अस्पताल छेउमा भवन निर्माण गर्न लागेको हो ।

प्रस्तावित भवनको बाहिरी सज्जामा परम्परा र आधुनिक शैलीको सम्मिश्रण हुनेछ। याे भवनमा भूमीगत सवारी पार्किङ, अपाङ मैत्री प्रवेशद्वार बनाइनेछ। बहुतल्ले याे भवन २३६२.८५ वर्गमिटर अर्थात् ४ राेपनी १० आना १ पैसा १ दाम क्षेत्रफलमा जग्गामा व्यवसायीक निर्माण गर्न लागिएकाे हाे ।

Esewa
Crest

तीनकुनेकाे पुल छेउ लायन्स आँखा अस्पताल परिसरसँगै जाेडिएकाे जग्गामा निर्माण गर्न लागिएकाे ८ वटा तल्ले प्रस्तावित भवनकाे पहिलाे दुई तल्ला पार्किङ प्रयाेजनका लागी छुट्याइनेछ । यसैगरी कूल ३० मिटर अग्लाे हुने याे भवनकाे प्रत्येक तल्लाकाे उचाइँ ३.७५ मिटर रहनेछ ।

भवनकाे बाहिरी आवरण काठमाण्डाैं उपत्यकाकाे वडा कार्यालयहरूकाे बाहिरी आवरणसँग मिल्दाेजुल्दाे देखिन्छ। कम्पनीले सार्वजनिक गरेकाे प्रस्तावित चित्रमा भवन परिसरमा रुखविरुवासहितकाे हरियाली शुन्य छ।

पूनर्बीमाले केही समयअघि मात्र थापाथलीमा अवस्थित एलएस भवन बहालमा लिएकाेमा डेढ कराेड रुपैयाँ खर्चिएर आन्तरिक सज्जा र भाैतिक पूर्वाधारकाे काम सम्पन्न  गरेकाे थियाे ।  नेपाल पूनर्बीमाले आन्तरिक सजावट, एयर कण्डिश्नरसहितको विद्युतीय उपकरणको लागी १ करोड ४१ लाख रुपैयाँमा हिमानी काव्य कन्स्ट्रक्शन सेवा सिन्धुलीलाई निर्माण कार्यको ठेक्का दिएको थियाे । थापाथलीस्थित बिजनेश टावरबाट नेपाल पूनर्बीमाले प्रधान कार्याललाई २०७९ बैशाख १ गतेदेखि एलएस भवनमा स्थानान्तरण गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS