IME Life New

यसकारण बढ्यो हिमालयन रिको रेटिङ, कसिलो अण्डरराइटिङले नाफा बढ्ने संभावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सले सीमापार व्यापार बिस्तारका लागि भारतमा अन्तरसीमा पुनर्बीमकको रुपमा दर्ता भएको छ। भारतीय बीमा नियामक तथा विकास प्राधिकरणबाट अन्तरसीमा पुनर्बीमकको रुपमा भारतीय बजारमा काम गर्ने इजाजत प्राप्त गर्ने यो दोश्रो पुनर्बीमक हो ।

सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले यसअघि अन्तरसीमा पुनर्बीमकको रुपमा भारतीय बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग पुनर्बीमा कारोबार गर्ने इजाजत पाएको थियो । भारतीय बजारमा प्रत्यक्ष उपस्थितिसँगै पुनर्बीमा कारोबारमा वैदेशिक व्यापारको हिस्सा बढाउन सहयोग पुग्ने अपेक्षा हिमालयन रिइन्स्योरेन्सले गरेको छ।

Esewa
Crest

जोखिम बहनका लागि आवश्यक पूँजी पर्याप्तता कायम गर्नका लागि हिमालयन रिइन्स्योरेन्सले हालै मात्र सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी वृद्धि गरेको छ। यो कम्पनीमा संस्थापकले ७ अर्ब रुपैयाँ लगानी गरेकोमा सर्वसाधारणले बाँकी ३ अर्ब रुपैयाँ लगानी गरेका हुन् । यसबाहेक प्रिमियमवापतको थप ३ अर्ब ६ करोड रुपैयाँ जगेडामा रहेको छ।

अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी एमएवेष्टको सिंगापुरस्थित कार्यालयले प्राथमिक शेयर निष्काशनसँगै हिमालयन रिइन्स्योरेन्सको वित्तीय सबलता बढेकोमा क्रेडिट रेटिङ (साख रेटिङ) मा  स्तरोन्नती सहित वित्तीय सबलताको लागि बी प्लस(स्थिर) रेटिङ र शेयर जारीकर्ता संस्थाको रुपमा त्रिपल बी माइनस(स्थिर) रेटिङ प्रदान गरेको छ।   यसअघि वित्तीय सबलताका लागि बी र शेयर जारीकर्ता संस्थाको रुपमा डब्बल बी प्लस रेटिङ पाएको थियो ।

एएम वेष्टको रेटिङ वर्गिकरण
एएम वेष्टको रेटिङ वर्गिकरण

एएम वेष्टका अनुसार हिमालयन रिले प्राप्त गरेको दुबै रेटिङ बीमा कम्पनीको रेटिङमा प्रयोग हुने स्तरिकरणहरुमध्ये छैठौं स्थानको रेटिङ हो । एएमवेष्टले वित्तीय सबलता र प्राथमिक शेयर निष्काशनकर्ता संस्थाका लागि १३ वटा श्रेणीमा रेटिङ मूल्यांकन प्रदान गर्दै आएको छ। १३ मध्ये छैठौं स्थानको रेटिङ प्राप्त गरेको अवस्थाले वित्तीय दायीत्व समयमै बहन गर्नका लागि तुलनात्मकरुपमा यो संस्था सक्षम रहेको अवस्थालाई जनाउँछ।

एएम वेष्टले २४ जनवरी २०२४ मा जारी गरेको प्रेस विज्ञप्ती अनुसार नयाँ रेटिङले हिमालयन रिइन्स्योरेन्सको सुदृढ वासलातले पूँजी पर्याप्तको नयाँ अवस्थालाई इंगित गरेको छ। यसबाहेक चुक्ता पूँजीमा वृद्धिले पनि वित्तीय सबलतालाई बलियो बनाएको एएम वेष्टले उल्लेख गरेको छ।

हिमालयन रिले वैदेशिक व्यापारलाई आक्रामकरुपमा अघि बढाउँदै विश्वसका ३१ वटा देशको पुनर्बीमकसँग पुनर्बीमा साझेदारी गरेको छ। कारोबार शुरु गरेको प्रारम्भिक वर्षमा रहे पनि बीमाशुल्क आम्दानीको आधारमा हिमालयन रिले सकारात्मक कारोबार गरेकोमा एम एम वेष्टले सकारात्मकरुपमा लिएको छ।

वेष्टले व्यापारको शुरुवाती चरणमा रहेकाले बीमाशुल्क आर्जन र दाबी भुक्तानीबीचको असन्तुलनले जोखिमाङ्कन लाभमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। चालू आर्थिक वर्षका लागि हिमालयन रिको संयुक्त अनुपात शत प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ। निकट भविष्यमा व्यापार वृद्धिमा सकारात्मक प्रभाव देखिने आशा पनि गरिएको छ।रेटिङ एजेन्सीले संभावित जोखिमाङ्कन(अंडरराइटिगङ्ग) को अवस्था गुणस्तरिय घरेलु पुनर्बीमा व्यापारको प्राप्ती गर्न सक्ने क्षमतामा निर्भर रहने टिप्पणी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

80%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS